‘कस्मिक लभ’मा प्रशान्त, दीया र अर्पण

‘कस्मिक लभ’मा प्रशान्त, दीया र अर्पण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दीया मास्के नयाँ सिनेमाका लागि जोडिएका छन् । शंकर अधिकारीले निर्देशन गर्ने ‘कस्मिक लभ’का लागि यी तीन कलाकार पहिलो पटक एकै सिनेमामा जोडिएका हुन् ।

मूभी मेकर्सको व्यानरमा सुरज प्रधानको प्रस्तुति रहने सिनेमालाई जय गौतमले निर्माण गर्ने छन् । सिनेमाका अन्य कलाकार भने फाइनल हुन् बाँकी छ ।

शेखर ज्ञवालीको कथा रहने सिनेमा असार १ देखि छायाँकनमा जानेछ । सुरेश बज्राचार्यले खिच्ने सिनेमामा बाबु साहेबको द्वन्द, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने कम्फर्म भैसकेको छ ।