कलाकार बिनै ‘रोमियो एण्ड मुना’को पोस्टर

कलाकार बिनै ‘रोमियो एण्ड मुना’को पोस्टर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सम्भवत: नेपाली सिनेमामा यस्तो पहिलो पटक गरिएको हुनु पर्दछ । सिनेमा ‘रोमियो एण्ड मुना’ले सबैलाई आश्चर्यमा पार्दै कलाकार बिनाको नयाँ पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा बक्स र हात मात्र चित्रित छन् । यसअघि निर्माण टिमले मुख्य कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ पोस्टर सार्वजनिक गरेको थियो । पोस्टरका बारेमा बताउँदै निर्देशक नरेश कुमार केसी भन्छन ‘यो सिनेमासँगै सम्वन्धित पोस्टर हो । यो बक्समा पात्र मुनाले आफ्नो इख हाल्ने गर्दछिन ।’ उनका अनुसार यो बक्सवाला प्रतिबिम्बित पोस्टर पनि हो ।

पहिलो तीज गीत, दोस्रो बिकिनी गीत, तेस्रो एनिमेशन टिजर, चौथों रोमान्टिक गीत सार्वजनिक गरिसक्दा ‘रोमियो एण्ड मुना’ले दर्शक माझ आफ्नो छाप छोडिसकेको छ ।

साउन ११ गते रिलिज हुने सिनेमामा प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारको पनि अभिनय छ ।

प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय श्रेष्ठले ‘रोमियो एण्ड मुना’मा लगानी गरेका छन् ।