रहेनन् कलाकार भिमबहादुर थापा

रहेनन् कलाकार भिमबहादुर थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वरिष्ट कलाकार भिमबहादुर थापाको निधन भएको छ । उनको ९२ वर्षको उमरमा गएराती निधन भएको पारिवारिक स्रोतले बताएको छ । लामो समयदेखि बिरामी रहेका उनि छाती, फोक्सो लगायतका रोगबाट पिडित थिए ।

थुप्रै नेपाली सिनेमासँगै टेलिसिरियल र रेडियो नाटकहरुमा अभिनय गरेका थापालाई दीपक-दीपाको ‘तितो सत्य’ कमेडी सिरियलले चर्चित बनाएको थियो । ‘तितो सत्य’मा अभिनेत्री/निर्देशक दीपाश्रीको पिताको रुपमा अभिनय गरेका थापा दीपाका ‘धर्म बा’समेत हुन् । थापा कलाकारितामा आउनु भन्दा पहिले नेपाली सेनामा कार्यरत थिए ।

‘धर्म बा’को निधनले दीपा ‘छक्का पन्जा ३’को छायाँकन रोकेर काठमाडौँ फर्कदै छिन् । थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि काठमाडौँ प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । बुधबारै उनको १० बजे पश्चात पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।

दीपासँगै उनका शुभचिन्तक र सिनेकर्मीको सामाजिक संजाललाई शोक व्यक्त गरेका छन् ।