‘नमस्ते लण्डन’मा सविन श्रेष्ठ अनुबन्धित

‘नमस्ते लण्डन’मा सविन श्रेष्ठ अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रेखा थापाको सिनेमा ‘अन्दाज’बाट नेपाली सिनेमामा डेब्यु गरेका अभिनेता सविन श्रेष्ठले भोजपुरी सिनेमामा व्यस्तता बढाउदै छन् । केहि समय अगाडी मात्र भोजपुरी सिनेमा ‘निरहुवा चलल लण्डन’मा काम गरिसकेका सविन अर्को सिनेमामा अनुबन्धित भएका छन् ।

प्राप्त जानकारी अनुसार सविन अनुबन्धित सिनेमा ‘नमस्ते लण्डन’को शनिबार मुम्बईमा एक कार्यक्रमका विच अफिसियल घोषणा गरिएको थियो । सिनेमालाई ‘निरहुवा चलल लण्डन’का निर्माता सोनु खत्रीले निर्माण गर्नेछन् । भने, निर्देशनमा पनि ‘निरहुवा चलल लण्डन’का निर्देशक चन्द्र पन्त रहनेछ । नेपाली सिनेमामा द्वन्द निर्देशन मार्फत ख्याति कमाएका पन्तका लागि यो दोस्रो निर्देशकीय सिनेमा हुनेछ । ‘कृ’मा पन्तले नै अनमोललाई एक्सन अवतारमा उतारेका थिए ।

एक्सन लभस्टोरी जनरामा बन्ने सिनेमामा सविनसँगै भोजपुरी स्टार प्रदिप पाण्डे, क्रिटिना, सोनालिका प्रसाद, अमित शुक्ला, देव सिंह लिड रोलमा रहनेछन् । सिनेमाको कथा लालजी यादवले लेखेका हुन् । सिनेमाका लागि सविन अहिले फिटनेसमा व्यस्त छन् ।

सविनले निर्माण गरेको नेपाली सिनेमा ‘हिरो रिटर्न्स’ प्रदर्शनको क्रममा छन् । जुन सिनेमामा रेखा थापासँग सविनले जोडी बाँधेका छन् ।

तस्विर: गूगल