‘इनक्रिडीबल्स २’ रेकर्ड, यो शुक्रबार नेपाल प्रदर्शन

‘इनक्रिडीबल्स २’ रेकर्ड, यो शुक्रबार नेपाल प्रदर्शन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यहिँ शुक्रबारबाट घरेलु र केहि ओभरसिज मार्केटमा रिलिज भएको एनिमेटेड सिनेमा ‘इनक्रिडीबल्स २’ले रेकर्ड तोड कमाई सुरु गरेको छ । उसले घरेलु बक्स अफिसमा एनिमेटेड सिनेमाको लागि विकेन्डमा उत्कृष्ट सुरुवात गरेको हो ।

उसको विकेन्ड कलेक्सन १ सय ८० मिलियन अमेरिकी डलर छ । यो कुनै पनि हलिउड सिनेमाका लागि आठौँ उत्कृष्ट ओपनिङ विकेन्ड समेत हो । एनिमेटेड सिनेमाको रेकर्ड आफ्नो पक्षमा पर्ने क्रममा यसले दुई वर्ष अगाडी प्रदर्शनमा आएको ‘फाइन्डीङ डोरी’को रेकर्ड तोड्यो । ‘फाइन्डीङ डोरी’ले १ सय ३५ मिलियन डलरका साथ पहिलो विकेन्डको सुरुवात गरेको थियो ।

विकेन्डमा रेकर्ड तोड्दा सिनेमाले चार दिनमा विश्वव्यापी २ सय ५९ मिलियन डलर माथि कमाइ गरिसकेको छ । यसमा ओभरसिजबाट  ५३ मिलियन छ भने, घरेलु कलेक्सन २ सय ६ मिलियन बढी छ ।

विदेशका केहि बजारमा रिलिज भएको ‘इनक्रिडीबल्स २’ आगामी शुक्रबार विश्वकै दोस्रो ठुलो बजार चिनसँगै भारत, नेपाल, आइसल्याण्ड, क्रोएसिया र थाइल्याण्डमा रिलिज हुँदैछ छ । भने ब्राजिल (२८ जुन), फ्रान्स (जुलाई ४), युके (जुलाई १३), जापान (अगस्त १), इटाली (सेप्टेम्बर १९) र जर्मनी (सेप्टेम्बर २७) मा रिलिज हुनेछ ।

सन् २००४ मा रिलिज भएको एनिमेटेड सुपरहिरो ‘द इनक्रिडीबल्स’को सिक्वेललाई ब्राड बर्डले निर्देशन गरेका हुन् । २००४ मा यसको प्रिक्वेलले विश्वव्यापी ६ सय ३३ मिलियन अमेरिकी डलर कमाइ गरेको थियो ।