दीपक र रोहितले घोषणा गरे ‘छ माया छपक्कै’

दीपक र रोहितले घोषणा गरे ‘छ माया छपक्कै’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोहित अधिकारको लगानी र दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ सिनेमाको नाम फाइनल गरिएको छ । यो सिनेमा आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुनेछ । वैशाखको अन्तिम साताबाट छायांकनमा जान लागेको सिनेमाको नाम ‘छ माया छपक्कै’ राखिएको छ । चलचित्र विकास बोर्डमा नाम दर्ता भएसँगै कलाकार दीपकराज गिरीले नाम सार्वजनिक गरेका हुन् । अन्य केही टाइटलमा समेत काम गरिताएपनि यो नाम नै राम्रो लागेकाले फाइनल गरिएकोे निर्माणपक्षले बताएको छ ।

सिनेमा ‘छ माया छपक्कै’का लागि अहिलेसम्म कलाकारको रुपमा कलाकार दिपकराज गिरी र केदार घिमिरे मात्र फाइनल गरिएको छ । सिनेमामा एक मात्र नायिका हुने बताइएको छ । तर, चल्तीका केही नायिकाहरुसँग कुरा गरिएतापनि कोहीलाई पनि फाइनल गरिएको छैन् ।

सिनेमा ‘छ माया छपक्कै’लाई कमेडी तथा लभस्टोरी कथामा नै निर्माण गरिनेछ । सिनेमाको निर्माणपक्ष अहिले कथालाई अन्तिम रुप दिन लागी परेकोछ । यसपटक दिपकराज गिरी र उनको टिमले निर्माता रोहित अधिकारीसँग टिमअप गरेका छन् । ‘६ एकान ६’देखि सिनेमा निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई छाडेको छैन । अभिनेता तथा निर्माता दीपकराज गिरी ‘छ’ अक्षर आफ्नो टिमको लक रहेकाले पनि छोड्न नसकेको बताउाछन् ।

सिनेमामा रोहित अधिकारीको एकल लगानी रहनेछ । तर, नाफाको ५० प्रतिशत भने दिपकराज गिरी र उनको टिमलाई जानेछ । यो सिनेमा आउँदो बर्षको दशैंमा प्रदर्शन हुनेछ ।