anmol jasita

ओकेश र अनुपाको ‘कालो वर्ष’ अफिसियल टिजर रिलिज

ओकेश र अनुपाको ‘कालो वर्ष’ अफिसियल टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १३ गतेबाट रिलिज हुने सिनेमा ‘कालो वर्षको अफिसियल टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको टिजर सार्वजनिक गरिएको हो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई र्पुयाएको क्षतिमा आधारित रहेर सिनेमा निर्माण गरिएको छ । सिनेमालाई ‘तँ म र ऊ’ बाट निर्देशनमा होमिएकी निर्देशक लक्षु गौतमले निर्देशन गरेकी हुन् ।

टिजर सार्वजनिक कार्यक्रममा निर्देशक गौतमले भनिन्, ’सिनेमामा भूकम्प जाँदा के कस्ता घटना भए त्यो देखाएका छैनौं । भूकम्पपछि थुप्रै युवाहरु विदेश पलायन भए । कति घरबार विहीन भए । बलात्कारका घटनाहरुहरु बढे । चेलीबेटी बेचबिखनका घटनाहरु पनि निकै बढ्यो । यही सेरोफेरोमा ‘कालो वर्ष’ तयार पारेका छौं ।’

सिनेमामा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । सिनेमालाई रामेश्वर हुमागाइँले छायांकन गरेका हुन् । पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको सिनेमालाई योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले संयूक्त रुपमा निर्माणन् ।

सिनेमालाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । सुवास देवकोटाले सिनेमाको सम्पादन गरेका हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद ओकेश पनेरुले लेखेका हुन् । डेव्यु अभिनेत्री अनुपाले डेब्यू सिनेमाबाट आफूले ठूलो आशा गरेको बताइन् । यस्तै डेव्यु अभिनेता ओकेशले सिनेमा राम्रो बनेको र दर्शकलाई मनपर्ने बताए ।