anmol jasita

‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’लाई यात्रा निर्माण टिमको सहयोग

‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’लाई यात्रा निर्माण टिमको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लग’ टिमले धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ । सिनेमाका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठका साथै निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुगेर संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग पाएपछि धुर्मुस अर्थात् सिताराम कट्टेलले सिनेमाको सफलताको शुभकामना दिदै सहयोग प्रति आभार व्यक्त गरेका छन् । ‘थोपा थोपा मिलाएर समुन्द्र बनाउने कोसिसमा छौ, त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’ धुर्मुस भन्छन् ‘हामीमा सहयोगी भाव चाहिन्छ अनि लक्ष्य प्राप्तिको उद्देश्य, सफलता हात पर्छ ।’ उनले सिनेमा यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । धुर्मुस सुन्तलीको अभियानमा साथ् दिनपाउदा निकै खुसि लागेको प्रस्तुतकर्ता चिकुमार श्रेष्ठले बताए ।

‘हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौ तर यो अरुका लागि प्रेरणा बन्न सक्छ’ चिजकुमार भन्छन्, ‘सिनेमाले नेपाली सुन्दरतालाई देखाउनेछ ।’यसैगरी निर्माता सुशील पोखरेलले अभियानकै सहयोगार्थ हुन् लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए । ‘हामी सलिनमानसँगै यात्रा टिम शनिवार क्रिकेट खेल्न टियु मैदान पुग्नेछौ’ सुशीलले आफ्नो टिम सामाजिक कार्यमा सहयोग गर्न सदैव तत्पर रहेको जनाए । केहि दिन देखि सलिनमान बनिया प्रशिक्षणमा समेत सहभागी भइरहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

यात्रामा सलिनमान बनियाँ, डेब्यु गर्ल मलिका महत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवालका अलवा सलोन बस्नेत, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । सिनेमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।