anmol jasita

तीन पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार, बाह्र सिनेमालाई ‘ब्लकबस्टर अवार्ड’

तीन पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार, बाह्र सिनेमालाई ‘ब्लकबस्टर अवार्ड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं भोली चैत २८ गते बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गर्न लागेको ‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई विदाई’ कार्यक्रममा सिनेमा, सिनेमाकर्मी र रंग पत्रकारलाई एकसाथ सम्मान गर्ने भएको छ । यस वर्ष प्रदर्शनमा आएका सिनेमामध्ये एक दर्जन सिनेमालाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष आर.के सुवेदीले यो वर्ष प्रदर्शनमा आएका सिनेमा ’लिलिबिली’, ’छक्का पञ्जा ३’, ’जय भोले’, ’बबी’, ’नाइँ नभन्नू ल ५’, ’कायरा’, ’इन्टु मिन्टु लण्डनमा’, ’भैरे’, ’रामकहानी’, ’चंगा चेट’, ’प्रसाद’, ’क्याप्टेन’ गरि बाह्र सिनेमाका निर्माता तथा निर्देशकलाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गर्न लागेको बताए ।

उक्त कार्यक्रममा वर्ष २०७५मा प्रदर्शन भएका हिट सिनेमाका निर्माता तथा निर्देशकहरु गोविन्द शाही, दीपकराज गिरी, अशोक शर्मा, मिलन चाम्स, विकास आचार्य, आर्यन सिग्देल, प्रज्वल शमशेर जबरा, सूर्य बोहरा, सुदर्शन थापा र पुजा शर्मा, माधव वाग्ले, सुवास थापा, भुवन केसीलाई ‘ब्लकबस्टर फिल्म अवार्ड २०७५’ बाट सम्मान गरिने जानकारी आयोजक संस्थाले दिएकोछ ।

लामो समयदेखि सिनेमा पत्रकारितामा सक्रिय तीन पत्रकारलाई ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’ बाट पनि सम्मान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले बताए । रंग पत्रकारिताच अन्र्तगत राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्री, नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र सगरमाथा तथा इण्डिजिनियस टेलिभिजनमा कार्यरत महिला पत्रकार सवी कार्कीलाई अग्रज पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।