अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को आक्रमक सुरुवात

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को आक्रमक सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर ३’ ले आक्रमक सुरुवात गरेको छ । सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ३’ले बिहानी शोमा ८० प्रतिशत अकुपेन्सी रहेको थियो । दिउँसो १२ बजेको शो पश्चात शतप्रतिसत अकुपेन्सी रहेको वितरक तथा निर्माण टिमको भनाई रहेको छ । बिहिबार गरिएको प्रिमियरबाट पाएको उत्कृष्ट प्रतिक्रियाले पनि दर्शकलाई हलसम्म पुर्याएको विश्वास धेरैको छ । शुक्रबार विहानैदेखि सिंगल तथा मल्टिपेलेक्स हलमा आक्रमक सुरुवात गरेसँगै शनिबार ‘ए मेरो हजुर ३’को शो समेत थपिएको छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । सिनेमामा अनमोल केसीको डबल रोल रहेको छ । ‘ए मेरो हजुर ३’ले पाएको चर्चा परिचर्चा हेर्दा सिनेमाले बम्पर ओपनिङ गर्ने आशा सिनेमाकर्मीलाई छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।