‘ए मेरो हजुर ३’ हेर्न उर्लिए दर्शक, देशैभर हाउसफुल

‘ए मेरो हजुर ३’ हेर्न उर्लिए दर्शक, देशैभर हाउसफुल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट रिलिज भएको सिनेमा ‘ए मेरो हजुर ३’ले बम्पर सुरुवात गरेको छ । आज दोस्रो दिन शनिबार पनि सिनेमाको आक्रमक ब्यापारले निरन्तरता पाएको छ । वितरक र निर्माण टिमले दिएको जानकारी अनुसार शनिबार ‘ए मेरो हजुर ३’ले देशभरका मल्टिपेलेक्स र सिंगल हलमा बम्पर ब्यापार गरेको छ । शुक्रबार बिहानी शोमा ८० प्रतिसत अकुपेन्सीका साथ रिलिज भएको सिनेमाले दिउँसोबो शोबाट बम्पर सुरुवात गरेको थियो ।

यस्तै शनिबारका बिहानी शोबाटै काठमाडौंको गोपी कृष्ण हलमा ६ हल हाउसफुल रहेको र २ बजेको शोमा भने कृष्ण, राधा, मिरा र शिवाय लगायतका ६ हलमा सिनेमा लागीरहेको हलका प्रबन्ध निर्देशक प्रदीप दाहालले बताए । यता काठमाडौंका अन्य सिनेमा हलहरु अष्टनारायण, गुण, गंगा, कलंकी बहारी लगायतमा सिनेमा घरमा पनि उत्तिकै दर्शकको चाप रहेको वितरले बताए । यता देशकै ठुलो मल्टिपेलेक्स चेन क्युएफएक्स अन्र्तगतका सिभिल, जय नेपाल, छायाँ सेन्टर, कुमारीका साथै विग मुभिज, बिएसआर, एफ क्युब लगायतका सम्पुर्ण हलमा दर्शक खचाखच भरिएका छन् । भने, नयाँ वर्षको अवसर पारेर भोलीबाट देशभरकै सिंगल तथा मल्टिपेलेक्स हलले ‘ए मेरो हजुर ३’को शो समेत बढाएका छन् । योसँगै मोफसलका पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड, बिराटनगर, नेपालगञ्ज लगायतका साना, ठुला स्टेशनमा पनि सिनेमाले हाउसफुल ब्यापारको निर्माण पक्षको भनाई छ ।

यस्तै दिउँसो १ः३० बजे अभिनेता अनमोल केसी नेपाल प्रहरी र बडिगार्डको सुरक्षा सहित दर्शक प्रतिक्रिया लिन गोपी कृष्ण हल पुगेका थिए । अनमोललाई हलमा आफ्नै आँखा अगाडी पाए पश्चात दर्शकले अनमोल अनमोलको नारा लगाएका थिए । अनमोल र सुहानालाई आफुसँग सेल्फी खिच्न चाहने दर्शकको भिडबाट निस्कन निकै हम्मे हम्मे परेको थियो । उनीहरुलाई दर्शकले काधँमै बोकेर गाडीसम्म पुर्याएका थिए । दर्शकले अनमोलले काम गरेका यस अघि सिनेमाभन्दा उत्कृष्ट काम गरेको भन्दै ‘ए मेरो हजुर ३’ मन परेको प्रतिक्रिया दिएका थिए । सिनेमामा दर्शकले अनमोलका अलवा डेव्यु गर्ल सुहाना थापाको अभिनयलाई पनि उत्कृष्ट भनेका छन् । उनलाई अवकी स्टार अभिनेत्री रहेको प्रतिक्रिया दर्शकले दिएकाछन् । यस्तै गोपीकृष्ण हलमा सिनेमा हर्न आएका दर्शकले निर्देशक तथा अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर २’ भन्दा ‘ए मेरो हजुर ३’ अझै राम्रो बनाएको बताएका छन् ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । सिनेमामा अनमोल केसीको डबल रोल रहेको छ । ‘ए मेरो हजुर ३’ले पाएको चर्चा परिचर्चा हेर्दा सिनेमाले बम्पर ओपनिङ गर्ने आशा सिनेमाकर्मीलाई छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।