गौरव र अनुको ‘पसिना’ फस्टलुक पोष्टर रिलिज

गौरव र अनुको ‘पसिना’ फस्टलुक पोष्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पसिना’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर सिनेमाको तिन वटा पोस्टर सार्बजनिक गरिएको हो । केहि दिन अघि सिनेमा ‘पसिना’को प्रोमोसनल शिर्ष गीत सार्बजनिक गरिएको थियो । मजदुरहरुको कथा व्यथा समेटिएको सिनेमा ’पसिना’ को सार्बजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाललाई स्थान दिइएको छ ।

आर. बि खत्री ‘शरद’ ले निर्देशन गरेको सिनेमा ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमामा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको सिनेमा समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश सिनेमाले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने सिनेमाका कार्यकारी निर्माता संजय महतो हुन् । सिनेमाको ट्रेलर यसै साता सार्बजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ ।