anmol jasita

‘पोई पर्यो काले’मा पुजा र आकाश महंगो पारिश्रमिकमा अनुबन्धित

‘पोई पर्यो काले’मा पुजा र आकाश महंगो पारिश्रमिकमा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयकी हटकेक अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठ तेस्रो पटक सिनेमाको पर्दामा एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । सिनेमा ‘तिमी सँग’का निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ सिनेमा ‘पोई पर्यो काले’मा अभिनेता आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फाइनल भएका छन् । उनीहरुले आज एकसाथ सिनेमामा साइन गरेका छन् । यो सिनेमाको छायांकन जेठबाट सुरु गरिनेछ । सिनेमाको कथा बारेमा बोल्दै निर्देशक राणाले भने–‘यो सिनेमाले रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने बिषयलाई प्रस्तुत गर्छ ।’

सिनेमा ‘पोई पर्यो काले’का लागि अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठले महंगो पारिश्रमिक लिएकी छन् । निर्माण टिमका अनुसार यो सिनेमाका लागि पुजाले २० लाख र आकाश श्रेष्ठले १८ लाख पारिश्रमिक बुझेका छन् । योसँगै पूजा नेपाली चलचित्रको सबैभन्दा महंगी नायिका बनेकी छिन् । यसअघि उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

सिनेमा पाई प्रयो कालेमा आकाश र पूजाको जोडीलाई हेर्न सकिनेछ । सिनेमामा अर्को एक अभिनेता र अभिनेत्रीको पनि अहिले खोजी भैरहेको निर्देशक राणाले बताए । सिनेमाका मुख्य कलाकारलाई पक्का गरेसँगै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति कात्तिक ८ गते लक्ष्मीपूजालाई लक गरेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको सिनेमाका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता दिपक मनाङ्गे हुन् । यो सिनेमाका हेड अफ प्रोडक्शन म्यानेजरमा सुरज आचार्य रहेका छन् । सिनेमाका गीतमा पुरुषोत्तम न्यौपाने र शिव गौतमले संगीत तयार गर्नेछन् ।