बुधबार देशभरका सिनेमा हलमा ‘ए मेरो हजुर ३’ लाई उच्च शो

बुधबार देशभरका सिनेमा हलमा ‘ए मेरो हजुर ३’ लाई उच्च शो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर ३’ले बम्पर ओपनिङ्ग गरेको थियो । यो सिनेमाका वितरकले चार दिनमा चार करोड एक लाख नेरु ग्रस कारोबार गरेको रिपोर्ट सार्वजनिक गरेका छन् । प्रदर्शनको दिन शुक्रबार ११ शो दिएको देशकै ठुलो मल्टिपेलेक्स चेन क्यएफएक्सले सिनेमाले बम्पर सुरुवात गरेसँगै सिनेमा घरले दिन प्रतिदिन शो बढाइरहेका छन् । शनिबार र नयाँ वर्षको दिन अर्थात आइतबार सार्वाधिक १७ शो पाएको सिनेमाले बुधबार रिलिज हुने भनेको बलिउड सिनेमा कलंक रिलिज नहुने पक्का भएसँगै ‘ए मेरो हजुर ३’को शो सङख्या बृद्धि गरेको छ ।

देशकै ठुलो मल्टिपेलेक्स चेन क्युएफएक्सले राजधानीमा मात्रै बुधबार १८ शो ए मेरो हजुरलाई उपलब्ध गराएको छ । भने, राजधानी बाहिरका शाखामा सर्वाधिक २४ शो दिएका छन् । बलिउडको प्रतिक्षित सिनेमा कंलक रिलिज नहुनुको प्रत्यक्ष फाइदा अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर सिनेमा ए मेरो हजुर ३ लाई पुगेको छ । यस्तै क्युएफएक्स बाहेकका बिग मुभिज, क्युज सिनेमा, बिएसआर, एफ क्युब, सिने डि सेफ लगायतका मल्टिपेक्स तथा सिंगल हलले ए मेरो हजुर ३ र यात्रालाई शो बढाएका छन् । बलिउड सिनेमा रिलिजको फाइदा यात्रा भन्दा पनि ए मेरो हजुर ३ लाई पुगेको हो ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । ए मेरो हजुर ३ मा अनमोल केसीको डबल रोल रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।