क्युएफएक्सले दियो ‘गौँथली’लाई सुपरहिट ट्याग

क्युएफएक्सले दियो ‘गौँथली’लाई सुपरहिट ट्याग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं । हलमा प्रदर्शनरत सिनेमा ‘गौँथली’लाई देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल क्युएफएक्सले सुपरहिट ट्याग दिएको छ। प्रदर्शनको दोस्रो सातामा चलिरहेको फिल्मलाई क्युएफएक्सले सुपरहिट ट्याग दिएको हो।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार पनि फिल्मले प्रदर्शनको १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रूपैँया व्यापार गरेको छ। छोटो समयमा सिनेमाले आक्रमक व्यापार गरेको भन्दै चौतर्फी सिनेमाको प्रशंसा भइरहेको छ।

डा. कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमा गत साउन १ देखि हलमा प्रदर्शनरत छ। यस वर्ष प्रदर्शन भएका सिनेमामध्ये ‘गौँथली’अहिलेसम्म सर्वाधिक कमाइ गर्ने दोस्रो सिनेमा बनेको छ । पहिलो स्थानमासिनेमा ‘लालीबजार’ छ, जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो। यो सिनेमाको रेकर्ड ‘गौँथली’ले तोड्ने देखिएको छ।

डा. भोला रिजालको कथामा बनेको सिनेमाको पटकथा तथा संवाद डा.कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। सिनेमामा पारिवारिक तथा सामाजिक कथामा आधारित छ।

सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।