द सिनेमा टाइम्स काठमाडौं। सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन सुरु भएको छ। काठमाडौंको नैकापस्थित वेस्ट सिटी अस्पतालबाट सिनेमाको छायांकन सुरु गरिएको हो।
सिनेमाको सम्पूर्ण छायांकन काठमाडौँ आसपासमै हुनेछ। सिनेमा सिनेमाटोग्राफर संकल भुजेलले छायांकन गरिरहेका छन्।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन्। लामो समयको सिनेमा पत्रकारिता अनुभव पश्चात सापकोटाले सिनेमा निर्माण अघि बढाएका हुन्।
सिनेमा पूर्ण मनोरञ्जनात्मक र कमेडी जनरामा निर्माण हुने उनले बताए। उनका अनुसार सिनेमाले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने छ। सिनेमाका कार्यकारी निर्माता निरज नेपाल हुन्।
सिनेमामा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, सिर्जना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना,आयुष्मा गिरी तथा पवन खतिवडा (बाबा)लगायत कलाकारहरूको अभिनय रहनेछ।


प्रतिक्रिया