राजकुमारकाे ‘फलानो ढिस्कानो’बाट हिरो बन्दै साइग्रेस

राजकुमारकाे ‘फलानो ढिस्कानो’बाट हिरो बन्दै साइग्रेस

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं। सिनेमा ‘फलानो ढिस्कानो’ बाट कथावाचक साइग्रेस पोखरेल हिरो बन्ने भएका छन्। निर्माण पक्षले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो।
जसमा कथावाचक पोखरेल मुख्य भूमिकामा देखिन लागेका हुन्।

यसअघि उनले पहिलो सिनेमा ‘आ बाट आमा’ मा अभिनय गरेका थिए। ‘फलानो ढिस्कानो’ जोडिएपछि उनले भने, ‘मैले आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नशा रैछ। त्यसैले यो सिनेमाको कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ।’

सार्वजनिक पोस्टरमा कथावाचक साइग्रेस पोखरेल बाइकको पछाडी बसेर कतै गइरहेको देख्न सकिन्छ। हँसिलो अनुहारमा देखिएका छन्। उनको कोटको गोजीमा सिनेमा पत्रकारको कार्ड बोकेको देखिएको छ। अर्को पोस्टरमा भने उनी सिनेमा पत्रकारको प्रेसकार्ड बोकेका छन्। जहाँ उनी पठाओ राइडरसँग बाेल्दै गरेको देखिन्छ।

साइग्रेसका अलवा सिनेमामा अन्य कलाकारहरुको नाम गोप्य राखिएको छ। निर्माण टिमले केही समयमा अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जानकारी दिएको छ।

सिनेमा राजकुमारले निर्देशन गर्न लागेको हुन्। उनका अनुसार यो फिल्म दसैंपछि छायांकन सुरु गरिनेछ। द्रव्य प्रोडक्सनको ब्याननरमा बन्ने सिनेमा हास्य जनरामा बन्ने टिमले जनाएको छ।