बक्सअफिसमा ‘ए मेरो हजुर ३’को दबदबा कायमै !

बक्सअफिसमा ‘ए मेरो हजुर ३’को दबदबा कायमै !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ३’ले बम्पर व्यापार गरिरहेको छ । विकेण्डमा ३ करोड ३९ लाख व्यापार गरेको सिनेमाले सोबार मात्रै ६२ लाख व्यापार गरेको थियो । चार दिनमा जम्माजम्मी ४ करोड १ लाख बराबर व्यापार गरेको सिनेमाले सोमबार, मंगलबार र बुधबार पनि आफ्नो व्यापारिक रफ्तारलाई कायम गरेको छ । यि दिनहरुमा ‘ए मेरो हजुर ३’को बिहानी शोमा ५० प्रतिशत माथी अकुपेन्सी रहेको छ । भने, दिवा र सन्ध्याकालिन शोमा दर्शकको शतप्रतिसत साथ मिलिरहेको छ । शुक्रबार प्रदर्शनको पहिलो दिन ११ शो दिएको देशकै ठुलो मल्टिपेलेक्स चेन क्युएफएक्सले बुधबार सर्वाधिक १८ शो राजधानीमा मात्रै उपलब्ध गराएको थियो ।

निर्माता सुनिल कुमार थापाले ‘ए मेरो हजुुर ३’ लामो रेशको घोडा बन्नेमा विश्वस्त छन् । शुक्रबारबाटै देशभरका सिनेमा घरमा बम्पर सुरुवात गरेको सिनेमाको रफ्तार अहिले पनि उस्तै छ । ‘ए मेरो हजुर ३’को एक हप्ते कलेक्सन रिपोर्ट ६ करोड आसपासमा हुने अनुमान वितरक मनोज राठीको छ । यो सिनेमाबाट अनमोल केसीको स्टारडम एकपटक पुनः उत्कर्षमा पुगेको छ । भने डेव्यु अभिनेत्री सुहाना थापाले नेपाली सिनेमा क्षेत्रमा धमकेदार इन्ट्री गरेकी छन् । उनलाई अबको स्टारर अभिनेत्रीको रुपमा हेरिएको छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । ‘ए मेरो हजुर ३’मा अनमोल केसीको डबल रोल रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।