पुजा र आकाश पछि ‘पोई पर्यो काले’मा सौगातको प्रवेश !

पुजा र आकाश पछि ‘पोई पर्यो काले’मा सौगातको प्रवेश !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा निर्देशक शिशिर राणा ‘तिमी सँग’ पछि अहिले दोस्रो सिनेमा निर्देशनको तयारीमा रहेकाछन् । पोष्ट प्रोडक्सनको काम भैरहेका यो सिनेमाको ‘पोई पर्यो काले’ राखिएको छ । केहीदिन पहिले मात्रै यो सिनेमामा मुख्य कलाकारको लागी अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठलाई फाइनल गरिएको थियो । यो सिनेमामा पुजा र आकाश पछि अभिनेता सौगात मल्ल भित्रिएका छन् ।

बिहीवार सौगातले उक्त सिनेमा साइन गरेका हुन् । निर्देशक शिशिर राणाका अनुसार, यो सिनेमाको कथा सौगातको वरपर घुम्नेछ । हाल उनको अपोजिटका लागि निर्माण टिम नायिकाको खोजीमा रहेकोछ । सिनेमामा सौगातको जोडीको रुपमा अभिनेत्री सुष्टि श्रेष्ठ हुने चर्चा पनि चलिरहेको छ । उनीहरु रियल लाइफ प्रेम जोडी हुन् । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन् ।

जेठबाट फ्लोरमा जाने बताइएको सिनेमाका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता राजिव गुरुङ हुन् । सिनेमामा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहनेछ । निर्देशक राणाले रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई सिनेमाले प्रस्तुत गर्ने बताएका छन् ।

कार्तिक ८ गतेबाट तिहार अवसर पारेर रिलिज हुने सिनेमामा पूजा र आकाशले तेस्रो पटक सहकार्य गर्न लागेको हुन् । यसअघि यी दुई अभिनीत सिनेमा ’रामकहानी’ गत वर्ष तिजको अवसर पारेर भाद्र २२ गतेबाट प्रदर्शनमा आएको थियो । भने, अहिले उनीहरु दोस्रो सिनेमा ’सम्हालिन्छ कहिले मन’ मा व्यस्त छन् । यस्तै पहिलो पटक अभिनेता सौगात मल्लसाग स्क्रिन सेयर गर्ने तयारीमा पूजा र आकाश रहेकाछन् ।