अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ !

अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । शुक्रवार दिउँसो साढे १२ बजे श्रीमती सपना भण्डारीले बसुन्धारामा रहेको चिरायु अस्पतालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । आजकै दिन अर्थात वैशाख ६ गते पाँच वर्ष अगाडि आर्यनले सपनालाई श्रीमतीको रुपमा भित्राएका थिए । यो जोडीले ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाह परिणत गरेको थियो । आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाहको ५ औं वर्षगाँठकै दिन सपनाले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । आर्यनभन्दा सपना ७ वर्ष कान्छी हुन् ।

केही महिना अघिमात्र विकासराज आचार्य निर्देशित सिनेमा ’हजार जुनीसम्म’ को छायांकन सकाएका आर्यन अहिले साम्तेन भुटियाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘चच हुई’को छायांकनमा व्यस्त छन् । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक तश्बिरमा छोरालाई काखमा बोकेका आर्यन निकै खुसी मुद्रामा देखिएका छन् । शनिबार दिउँसोसम्म अस्पतालबाट सपना छोरासहित डिस्जार्च हुने बताइएको छ । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।