‘जात्रै जात्रा’को चार अफिसियल पोष्टरमा दयाहाङदेखि विपिनसम्म

‘जात्रै जात्रा’को चार अफिसियल पोष्टरमा दयाहाङदेखि विपिनसम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक गरिएको छ । सिनेमा रिलिजको एक महिना बाँकी रहँदा सिनेमाको अफिसियल फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो । सिनेमाको फस्टलुक पोष्टरमा सिनेमाका सवैजसो मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

सिनेमाको एक पोस्टरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही हेरीरहेका छन् । भने, सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेललगायत अचम्मित र खुसी हाउभाउमा देखिएका छन् । अर्को पोस्टरमा भने विपिन रिसाएकी वर्षाको हात समातेर तानिरहेका छन् ।

पोस्टरले पनि धेरै हदसम्म दर्शकलाई सिनेमाप्रति कौतुहलता जगाउने देखिन्छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमाका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । सिनेमामा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । सिनेमाको ट्रेलर वैशाख १३ गते सार्वजनिक हुँदैछ । सिनेमाको दोस्रो गीत ’जीवन जात्रा हो’ भने दुई दिनमा युट्युबमा आउँदैछ ।

सिनेमामा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय छ । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई शिवराम श्रेष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले कथा, पटकथा तथा संवाद लेखेको सिनमामा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत र शंकर महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।