सुवर्ण र सौगातको दोस्रो पटक टिमअप, बन्ने भयो ‘राम राम’

सुवर्ण र सौगातको दोस्रो पटक टिमअप, बन्ने भयो ‘राम राम’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्ल केही समयको विश्राम पछि अब धमाधम सिनेमामा काम गर्ने मुडमा देखिएका छन् । उनले अहिले एक पछि अर्को सिनेमा साइन गरिरहेका छन् । बिहिबार मात्रै शिशिर राणाको निर्देशनमा निर्माण हुने सिनेमा ‘पोई पर्यो काले’ साइन गरेका थिए । यस्तै, सौगात शुक्रबार सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘राम राम’मा अनुबन्धित भएका छन् । मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि शुक्रबार नै अनुबन्धित गरेको हो । सुवर्ण र सौगातले यसअघि फन्को नामक सिनेमामा एकसाथ काम गरेका थिए ।

डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाका कथा तथा पटकथाकार दिनेश महत हुन् । मुख्य कलाकारको रुपमा सौगात मल्ल मात्रै पक्का भएका छन् । भने दशैबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अहिले अन्य कलाकारहरु छनोटको कार्य चलिरहेका पटकथाकार दिनेश महतले बताए । राम राममा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ । कथाकार महतका अनुसार सिनेमा निर्माण अगावै विभिन्न देशमा सिनेमाको विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।