‘मह जोडी’लाई वसुन्धराश्री र मानश्री पुरस्कारबाट पुरस्कृत !

‘मह जोडी’लाई वसुन्धराश्री र मानश्री पुरस्कारबाट पुरस्कृत !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई वसुन्धराश्री र मानश्री पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले बरिष्ठ हास्य कलकारद्धय मदनकृष्ण र हरिवंशको जोडीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ६ वैशाखमा बसेको बैठकले उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ र सम्मान पत्र रहेकोछ । बैठकले नेपाली हास्यव्यंग्य, नाटक, सिनेमा र टेलिसिनेमाहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रंगमञ्च र हास्यव्यंग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत मदनकृष्णलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका हरिवंश आचार्यलाई वि.सं. २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यो जोडीले निर्माण गरेको सिनेमा दाल भात तरकारी आगामी बैशाख २० गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।