निर्माता प्रज्वल र निर्देशक रेनेशाले गरे इन्गेजमेन्ट !

निर्माता प्रज्वल र निर्देशक रेनेशाले गरे इन्गेजमेन्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक भिडियो, कोरियोग्राफर हुँदै सिनेमा निर्देशक बनेकी रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले इन्गेजमेन्ट गरेका छन् । उनीहरु आफ्नो लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते विवाहमा रुपान्तरण गर्दैछन् । एक दशकअघि निर्माण भएको सिनेमा ’मेरो एउटा साथी छ’को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । विवाहको केही दिन अगाडि दुईले आइतबार एक भव्य समारोहका बीच औँठी साटेका छन् ।

आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबैले परिवारको उपस्थितिमा टिकाटालो गरेका हुन् । इन्गेजमेन्ट समारोहमा दुबै निकै खुसी देखिएका थिए । प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । यो कम्पनीबाट यस वर्ष दुई सिनेमा निर्माण हुँदैछन् ।

विवाहपछि पनि सिनेमा निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् । विवाह लगत्तै उनी सिनेमा ’आई एम ट्वान्टिवान’ निर्देशन गर्दै्छिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ’इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । यसमा पनि प्रज्जवलकै लगानी थियो ।

’आई एम ट्वान्टिवान’ मा ’इन्टु मिन्टु लण्डनमा’ बाट सफल डेब्यू गरेका धिरज मगरको मुख्य भूमिका रहनेछ । योसँगै प्रज्जवलले दशक अगाडिको सुपरहिट सिनेमा ’मेरो एउटा साथी छ’को सिक्वेल पनि निर्माण गर्दैछन् । यसलाई निर्देशक दिनेश राउतले निर्देशन गर्ने तय भइसकेको छ । दशैंपछि यस सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।