‘विर विक्रम २’को पोष्टरमा वर्षासँग रोमान्टिक पल र नाजीर

‘विर विक्रम २’को पोष्टरमा वर्षासँग रोमान्टिक पल र नाजीर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पल शाह, वर्षा सिवाकोटी र नाजीर हुसने स्टारर सिनेमा ‘विर विक्रम २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘विर विक्रम २’ आगामी जेष्ठ ३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमाको सार्वजनिक दुई गीत ‘पिरतीको मिठो तिर्सना’ र ‘बाचा’ले दर्शकमाझ राम्रो चर्चा पाइरहेका छन् ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । ‘विर विक्रम २’ विल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो हिट सिनेमा ‘विर विक्रम’को सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।