हरर सिनेमा ‘कठपुतली’को फस्टलुक पोष्टर रिलिज

हरर सिनेमा ‘कठपुतली’को फस्टलुक पोष्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरर कथामा निर्माण भएको नेपाली सिनेमा ‘कठपुतली’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सिनेमाको मुख्य थिममा रहेर निर्माण गरिएको पोष्टरमा सिनेमाको प्रदर्शन मिति राखिएको छैन् । तर, निर्माण टिमका अनुसार यो सिनेमा यही वर्ष प्रदर्शनमा आउनेछ । कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित ’कठपुतली’को कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।

देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलिको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै ’कठपुतली’ रहेको सिनेमाकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताईन् । उनका अनुसार यो पुर्णतया मौलिक कथामा निर्माण भएको हरर सिनेमा हो ।

हामीले हेर्दै आईरहेका अन्य हरर नेपाली सिनेमाभन्दा ‘कठपुतली’ भिन्न रहेको कारण आफुले यो सिनेमामा लगानी गरेको निर्माता पृथ्वी राना मगरले बताए । पृथ्वीले यसअघि ’परेनी माया जालैमा’ र ’हंगामा’ नामक दुई सिनेमाको निर्माण तथा निर्देशन गरेका थिए । निर्देशक राना मगरका अनुसार ‘कठपुतली’ अलग बिषयमा निर्माण गरिएको पुर्ण व्यावसायिक सिनेमा हो ।

सिनेमालाई भिमसेन लामाले निर्देशन गरेका हुन् । लामाले यसअघि अन्तराष्ट्रिय सिनेमा महोत्सवहरुमा अवार्ड जित्न सफल विभिन्न लघु सिनेमाहरुबाट अनुभव लिएपश्चात ’कठपुतली’बाट निर्देशनमा डेब्यू गरेका हुन् ।’ यो सिनेमा हलमा हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ निर्देशक लामा भन्छन्, ’हरर सिनेमा मेरो रोजाईको बिषय हो, मेरो लागि यो सिनेमा ड्रिम प्रोजेक्ट हो’ ।

’कठपुतली’मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । प्राविधिक रुपमा अब्बल बनाईएको बताईएको यो सिनेमालाई हलीउडका डिओपी ’एसिएस’ डिग्री प्राप्त जोएल फ्रुम (Joel Froome) हुन् । सिनेमाको पोस्ट प्रोडक्शनको सम्पुर्ण काम हाल लण्डनमा भईरहेको छ ।

पृथ्वी राना प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पृथ्बी राना मगर र ईश्वर राई हुन् । सह-निर्माताको रुपमा माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । भने, सिनेमाको कार्यकारी निर्माता सम्पदा मल्ल हुन् ।