फ्रान्सको आइफेल टावर पुगेर रोमान्टिक बने वर्षा र संजोग !

फ्रान्सको आइफेल टावर पुगेर रोमान्टिक बने वर्षा र संजोग !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘भ्यालेनटाइन्स डे’को अवसर पारेर फागुन २ गते विवाह बन्धनमा बाधिएका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउत यतीवेला हनिमुन यात्रामा रमाइरहेका छन् । भव्य रुपमा बिहे गरेको यो जोडी बिहेपश्चात नै आफ्नो व्यवसायिक काममा व्यस्त बनेका थिए । संजोग व्यापारिक काममा व्यस्त बने भने अभिनेत्री वर्षा राउत आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जात्रै जात्रा’को छायांकनमा ब्यस्त बनिन् । ब्यस्तताका कारण पनि उनीहरुले बिहेपछिको आफ्नो हनिमुन यात्रालाई स्थगीत गरेका थिए ।

तर, अहिले यो जोडी केहीदिन अगाडि मात्रै करिब ३ हप्ताको समय निकालेर हनिमुनको यूरोप पुगेको छन् । इटालीमा केही दिन रमाएको यो जोडीले त्यसपछि फ्रान्स पुगेको सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सेयर गरेर जानकारी दिएका छन् । फ्रान्सको आइफल टावर स्थित यो जोडीको माया छल्किएको छ । हनिमुन यात्रामा रहेकी बर्षा राउत सिनेमा ‘दाल भात तरकारी’को प्रमोशनमा सहभागी हुन नपाउने भएकी छन् ।

तर, वर्षाले आफ्नो मुख्य भुमिका रहेको सिनेमा चलचित्र ‘जात्रै जात्रा’को प्रमोशनमा भने सहभागी हुने बताएकी छिन् । आफुले निर्माण टिमलाई दिएको बचन पुरा गर्न पनि आफु जात्रै जात्राको प्रमोशनमा नेपाल पुग्ने उनको भनाई छ । यो जोडीले विवाह पूर्व करिब ७ बर्ष लामो प्रेम सम्बन्धमा रमाएका थिए ।