चैत्र २८ लाई प्रदर्शन मिति पक्का गर्दै ‘प्रेमगीत ३’को निर्माण घोषणा !

चैत्र २८ लाई प्रदर्शन मिति पक्का गर्दै ‘प्रेमगीत ३’को निर्माण घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता सन्तोष सेनले सफल सिनेमा ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेमगीत ३’को अफिसियल घोषणा गरेका छन् । सिनेमाको घोषणासँगै फस्टलुक पोष्टर र प्रदर्शन मिति पक्का गरेका छन् । अब यो सिनेमा नयाँ वर्ष २०७७ को अवसर पारेर चैत्र २८ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सिनेमालाई निर्देशक छेतेन गुरुङ र सन्तोष सेनले सयुक्त रुपमा निर्देशन गर्नेछन् । सार्वजनिक फस्टलुकले सिनेमा पिरियड ड्रामामा निर्माण हुन लागेको बुझ्न सकिन्छ । सिनेमाको सम्पुर्ण जानकारी केहीदिनमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिने निर्माता सेनले बताए । सेनले यसअघि ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’ र ‘मेरी मामु’ लगायतका सिनेमा निर्माण गरिसकेका छन् ।