दर्शकले यूएइको एयरलाइन्समा नेपाली सिनेमा ‘हरी’ हेर्न पाउने !

दर्शकले यूएइको एयरलाइन्समा नेपाली सिनेमा ‘हरी’ हेर्न पाउने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अव दैनिक विदेश जाने र आउने नेपालीले यात्राको क्रममा प्लेनमा नेपाली सिनेमा हेर्न पाउने भएका छन् । अहिले पनि विश्वभर विभिन्न एयरलाइन्सबाट उडान भर्ने नेपाली वा विदेशीले उडान अवधीभर विभिन्न भाषाका सिनेमा हेरेर मनोरञ्जन लिइरहेका हुन्छन् । तर, नेपाली सिनेमा यस्ता उडानमा हेर्न नपाउँदा दर्शकले नरमाइलो मान्छन् । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली सिनेमा खरिद गर्ने भएको छ ।

नेपाल फ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्सँग नेपाली सिनेमा प्रदर्शन गर्नेगरी सहमती गरेको छ । यसको सुरुवात विपिन कार्की स्टारर नेपाली सिनेमा ‘हरी’बाट गरिँदैछ । एयरलाइन्सकै आग्रहमा एयरलाइन्सको नाम भने खुलाइएको छैन । काठमाण्डौ र विश्वका विभिन्न देशबाट यो एयरलाइन्सबाट उडान भर्दा दर्शकले ‘हरी’ हेर्न पाउने भएका हुन् ।

सन् २०१९ को मे महिनाबाट ‘हरी’ यो एयरलाइन्सका जहाजसँग उपलब्ध हुनेछ । नेपाल फ्लिक्स’ एक अनलाइन स्ट्रिमिङ प्लेटफर्म हो जसले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ । यसरी अन्तरराष्ट्रिय उडानमा नेपाली सिनेमा देखाउने क्रम बढ्दै गएको खण्डमा नेपाली सिनेमाका निर्माताले आम्दानीको नयाँ श्रोत पनि पाउनेछन् भने नेपाली सिनेमाको प्रचार विश्वाव्यापी रुपमा पनि बढ्नेछ । अन्य सिनेमाका मेकरसँग पनि यो बिषयमा कुराकानी भैरहेको नेपाल फ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जीसीले बताए ।