निश्चल र स्वस्तिमा स्टारर ‘घामट शेरे’को छायाँकन सुरु !

निश्चल र स्वस्तिमा स्टारर ‘घामट शेरे’को छायाँकन सुरु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक हेमराज बिसीको निर्देशनमा निर्माण हुने सिनेमा ‘घामट शेरे’को छायाँकन सोमबार सुर्खेतबाट सुरु भएको छ । समाजिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायाँकन सुरु गरिएको निर्देशक हेमराज विसीले बताए । उनका अनुसार ‘घामट शेरे’को छायाँकन ३५ दिनसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत आसपासको ठाँउमा गरिनेछ । भने, बाँकी छायाकन काठमाडौंमा गरिने निर्माण टिमको भनाई छ ।

सिनेमामा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको साथमा लोकेन्द लेखक, सुष्मा निरौलाको मुख्य भूमिका रहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । निश्चल र स्वस्तिमा दम्पत्तीले पहिलो पटक पुरा सिनेमामा स्क्रिन सेयर गर्दैछन् । यसअघि स्वस्तिमा र निश्चलले नाचेको दुई रुपैयाँको गीत कुटुमा कुट र आधुनिक गीत नाच फिरिरि सुपर हिट भएका थिए ।