जेष्ठ १७ गते रिलिज हुने सिनेमा ‘कुम्भकरण’को पोष्टर रिलिज

जेष्ठ १७ गते रिलिज हुने सिनेमा ‘कुम्भकरण’को पोष्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही वर्ष पहिले निर्माण भएको सिनेमा कुम्भकरणको पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा सिनेमाको प्रदर्शन मिति जेष्ठ १७ राखिएको छ । यो सिनेमाको पटक पटक प्रदर्शन मिति सर्दै आएको छ । अव भने कुम्भकरणको रिलिज मिति जेष्ठ १७ बाट पछि नसर्ने निर्देशक दिपक ओलीले बताए । सिनेमाको सार्वजनिक २ पोष्टरमा मुख्य कलाकार गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा र अभय बराललाई स्थान दिइएको छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निमार्ण भएको सिनेमाको कुटु कुटु बोलको पहिलो गीत केही समय पहिले सार्वजनिक गरिएको थियो । जसमा सिनेमाको मुख्य कलाकार अभिनेत्री निशा अधिकारी र गौरब पहाडीलाइ फिचर गरिएको थियो । उक्त गीतले बजारमा निकै चर्चा तथा परिचर्चा बटुलेको थियो । सस्पेन्स, कमेडी र लभस्टोरी कथामा आधारित सिनेमामा दिपक ओलीको कथा, महेश दवाडीको पटकथा तथा संबाद रहेको छ ।

सिनेमामा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बरालका अलवा प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको पनि अभिनय रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको सिनेमामा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छन् । भने, सिनेमाका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्ने सिनेमामा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।