‘मन्द–मन्द’मा बिनय, प्रमोद र रबिन्द्र

‘मन्द–मन्द’मा बिनय, प्रमोद र रबिन्द्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राज बहादुर सानेको निर्देशनमा ‘मन्द मन्द’ नामक सिनेमा निर्माण हुने भएको छ । बैशाखको तेस्रो साताबाट छायाँकनको तयारीमा रहेका सिनेमाको मुख्य भुमिकामा विनय श्रेष्ठ, प्रमोद अग्रहरी र रविन्द्र झा फाइनल भएका छन् । भने, केही कलाकारको छनोट कार्य चलिरहेको निर्देशक सानेले बताए ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा बन्ने सिनेमा कार्यकारी निर्माता रुद्र खनाल हुन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको सिनेमाको काठमाडौ, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुदै जुम्ला र मुगुका बिभिन्न सुन्दर स्थानमा छायाँकन गरिने जानकारी निर्माता खनालले दिएका छन् ।

दिब्यराज सुबेदीको छायाँकन रहेने सिनेमाका गीतमा रामजी लामीछानेले कोरियोग्राफरको काम गर्नेछन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा बिद्यमान बेथितिको बिषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउँछन् ।