दीपेन्द्रको निर्देशनमा ‘छ माया छपक्कै’को निर्माण घोषणा

दीपेन्द्रको निर्देशनमा ‘छ माया छपक्कै’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गर्दै दीपक-दीपाको प्रस्तुतीमा निर्माण हुने सिनेमा ‘छ माया छपक्कै’को निमार्ण घोषणा गरिएको छ । समिक्षक तथा रंगपत्रकार दीपेन्द्र लामाको कथा, निर्देशन रहने सिनेमाको निर्देशक सल्लाहकारमा दीपाश्री निरौला रहेकी छन् । जेष्ठको पहिलो साताबाट छायाँकनको तयारीमा रहेको सिनेमालाई रोहित अधिकारीले निर्माण गर्नेछन् ।

सिनेमामा दीपक राज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपालको मुख्य भुमिका रहने तय भएको छ । भने, अन्य कलाकारहरु विस्तारै तय गरिने कलाकार तथा पटकथाकार दीपक राज गिरीले बताए । कलाकार तथा पटकथाकार गिरीले अझैपनि सिनेमाको स्कृप्ट पुर्ण रुपमा फाइनल नभएको भन्दै आजसम्म आफु र आफ्नो टिमले लेखेको स्कृप्ट माथी निर्माता लगायतका सम्पुर्ण टिमले लगातार छलफल गरेर स्कृप्ट लक गरिने बताए । सिनेमाकी मुख्य अभिनेत्री केकी अधिकारी निर्देशक दीपेन्द लामाको कारण भन्दा पनि कथाको माग अनुसार नै तय गरिएको अभिनेता गिरीले प्रस्ट पारे ।

सिनेमाको घाषणा कार्यक्रमा चारै जना मुख्य कलाकारले ‘एक्सन–कट्’का लागि कमेडीले भरिपूर्ण छोटो अभिनय कला प्रस्तुत गरेका थिए । अनस्क्रिन रोमान्स गर्न लागेका दीपक र केकी पात्र लुक्समै देखिए । दीपक नीलो सर्ट र कालो पाइन्टमा सेतो छड्के झोला भिरेको लुक्समा देखिए भने केकी ब्लु वानपिसमा उपस्थीत भएकी थिइन् । निर्देशक लामाले ‘छ माया छपक्कै’लाई दीपकराज गिरीको अघिल्लो फिल्म ‘छक्का पञ्जा’को अर्को संस्करण नभएको बताए । ‘पक्कै पनि छक्का पञ्जा होइन, यसमा सामाजिक कथावस्तु सहित नयाँपन छ’ उनले भने, ‘दर्शकले नयाँ टेस्ट प्राप्त गर्नुहुनेछ ।’

निर्माता एवं अभिनेता गिरीले निर्देशक र आफूबीच सिनेमालाई हेर्ने दृष्टिकोण फरक भएपनि सिनेमाको संरचना र क्राफ्टमा भने मतभिन्नता नरहेको बताए । यो एकता आफ्नो टिमले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा’ सिरिजको भन्दा अझै बढी व्यापार गर्ने दाबी दीपकको थियो । निर्देशक हुँदाहुँदै दीपाश्रीलाई निर्देशन सल्लाहकार राख्न आवश्यक किन भन्ने पत्रकारको प्रश्नमा गिरीले भने, ‘दीपेन्द्रजीलाई सेरेमोनियल निर्देशक बनाउन हाम्रो कुनै सोच छैन । यो सिनेमामा हामी सबैजना मिलेर काम गर्न लागेका छौं ।’

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमीको संयुक्त व्यानरमा निर्माण हुने सिनेमामा रोहीत अधिकारीको सिंगल लगानी रहने छ । भने, दीपक-दीपाले सिनेमा हिट भएको खण्डमा नाफाको ५० प्रतिसत पाउनेछन् । यदी सिनेमाले राम्रो व्यापार गर्न नसकेको खण्डमा एक पैसा पनि आफ्नो टिमले नलिने गिरीले बताए । ‘छ माया छपक्कै’को कार्यकारी निर्माता केदार घिमिरे र जितु नेपाल हुन । विपिन मल्लले सम्पादन गर्ने सिनेमालाई हरि हुमागाईले छायाँकन गर्नेछन् । पटकथाकार गिरी, अभिमन्यु निरबी, केदार घिमिरे र जितु नेपालले मिलेर सिनेमाको संबाद लेखेका हुन् ।