ट्यूमरको सफल शल्याक्रियापछि श्वेताले लेखिन्, ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ’

ट्यूमरको सफल शल्याक्रियापछि श्वेताले लेखिन्, ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – समाजसेवी तथा अभिनेत्री स्वेता खड्का एक्कासी बिरामी परेर उपचार गराएपछि आफूले दोस्रो जिन्दगी पाएको बताएकी छिन् । उनी सिनेमा ‘हेलो जिन्दगी’को छायांकनका लागि केही हप्ताअघि लण्डन उडेकी थिइन् । लण्डनमा हुँदा उनको च्युँडो र तल्लो घाँटीमा एक्कासी समस्या देखिएको थियो । घाँटीमा बढी पीडा भएपछि उनले डाक्टरलाई चेक गराएकी थिइन् ।

स्वेताले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै जिन्दगीले फेरि एकपटक खेल खेलेको लेखेकी छिन् । यतिबेला उनको भारतको दिल्लीमा उपचार भइरहेको पनि उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । लण्डनबाट भारतको दिल्ली पुगेर द्रुत प्रक्रियामार्फत शल्यक्रिया गरेको उनले स्टाटसमा उल्लेख गरेकीछिन् । शल्यक्रियापछि भने उनको स्वास्थ्यमा सुधार आइसकेको छ ।

उनको उपचारमा डाक्टर सुरेन्द्र कुमार दाबास खटिएका थिए । यस्तै नेपालबाट गएका डाक्टर पंकजले पनि शल्यक्रियामा सहयोग गरेको भन्दै स्वेताले फेसबुक स्टाटस मार्फत धन्यवाद व्यक्त गरेकी छिन् । अभिनेत्री स्वेता खड्का यसअघि आकाश अधिकारीको निर्देशनमा निर्माण भएको सिनेमा ‘कान्छी’मा अभिनय गरेकी थिइन् । पछिल्लो समय श्वेता व्यवसाय र समाजसेवामा पनि उत्तिकै सक्रिय रहेकी छन् । उनले फेसबूकमा लेखेकी छिन्, ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ ।’