फ्यान र शुभचिन्तक माझ २७ औं जन्मदिन मनाउँदै पुजा !

फ्यान र शुभचिन्तक माझ २७ औं जन्मदिन मनाउँदै पुजा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयकी हटकेक अभिनेत्री पुजा शर्मा आजबाट २७ वर्षमा प्रवेश गरेकी छन् । पुजाले आज आफुलाई माया गर्ने फ्यान र शुभचिन्तक माझ केक काटेर आफ्नो जन्मदिन मनाउँदैछिन् । उनै पुजा अहिले सुदर्शन थपाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘सम्हान्छि कहिले मन’को लण्डन सेडुयलको छायाँकन सकेर नेपाल फेर्केकी छन् । भने, केही सिनेमा यो सिनेमा नेपाल पार्टको छायाँकन मुस्ताङबाट सुरु हुँदैछ ।

यस्तै पुजा केहीदिन पहिले निर्देशक शिशिर राणाको नयाँ सिनेमा ‘पोई पर्यो काले’मा अनुबन्धित भएकी छन् । यो सिनेमाको छायाँकन जेष्ठको दोस्रो साताबाट सुरु हुँदैछ । पुजाले आज आफ्नो २७ औं जन्मदिन मनाइ रहँदा उनको प्रेम र विवाहको गसिप पनि बेला बखत नेपाली मिडियामा छाउने गर्छ । तर, पुजा आफु अहिलेसम्म पुर्ण रुपमा सिंगल रहेको बताउँछिन् । निर्देशक सुर्दहन थापा र अभिनेता आकाश श्रेष्ठ आफ्नो एकदमै मिल्ने साथी भएकाले कुनै पनि सजिलो अप्ठेरो परिस्थीतीमा एक अर्कालाई सहयोग पनि गर्छौ ।

पूजाले आफू सजिलैसँग अहिले स्थानमा नपुगेको बताइन् । उनले भनिन्,–‘मलाई त कतिपयले यस्तो पनि हिरोइन हुन्छ र भन्नुहुन्थ्यो । मैले गाली र ताली खुबै खाएँ । तर, हरेश कहिले पनि खाइनँ । म एकैपटक माथि पुगिनँ । आफ्नो मिहिनेत र दर्शकको मायाले आज यो स्थानमा पुगेकी छु ।’

अभिनेत्री शर्माले आगामी दिनमा आफूले अझै मिहिनेत गर्ने भन्दै यती धेरै दर्शकको माया र साथ पाउँदा आफू लक्की महशुश गरेको सुनाइन् । पूजाले, आफूले अझै पनि नेपाली सिनेमा र दर्शकका लागी धेरै कुरा गर्न बाँकी रहेको भन्दै उनीहरुलाई धोका कहिले पनि नदिने बताइन् ।