कलाकार र प्राविधिकको सम्मानमा ‘वीर विक्रम २’ले पर्पल कार्पेट प्रिमियर गर्ने !

कलाकार र प्राविधिकको सम्मानमा ‘वीर विक्रम २’ले पर्पल कार्पेट प्रिमियर गर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक मिलन चाम्सले शान्ति र समानताको संदेश दिन सिनेमा ‘वीर बिक्रम २’को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने भएका छन् । सम्भवत: नेपाली सिनेमा क्षेत्रमा पहिलो पटक हुन् लागिरहेको यस खालको प्रिमियरले सिनेमाका कलाकार र प्राविधिकलाई राजकीय सम्मान पनि प्रदान गर्नेछ । ‘पर्पल कार्पेट शान्ति र समानताको प्रतिक हो । यहि थिममा आधारित रहेर आयोजना हुने प्रिमियरको उद्येश्य भने कलाकार र प्राविधिकलाई राजकीय सम्मान दिएर मनोबल उचो पार्नु हो ।’ निर्देशक चाम्सले बताए ।

जेठ ३ गते रिलिज हुने सिनेमालाई पुर्वसन्ध्या पारी १ गते भव्य रुपमा प्रिमियर गरिने छ । मित्रता र प्रेमको कथा भन्ने सिनेमामा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य भूमिका छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

दुई वर्ष अगाडी रिलिज भएको सुपरहिट सिनेमा ‘वीर बिक्रम’को सिक्वेल भएका कारण पनि यसले बक्सअफिसमा सकारात्मक नजिता ल्याउने आशा गरिएको छ । सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।