‘खल-नायक २’ निर्माण गर्दै रोज राणा !

‘खल-नायक २’ निर्माण गर्दै रोज राणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा कलाकार रोज राणा र निर्देशक ऋषि न्यौपानेको निर्देशनमा एक दशक पहिले निर्माण भएको सुपरहिट सिनेमा ‘खल-नायक’को सिक्वेल निर्माण हुने भएको छ । बिहिबार निर्माता तथा कलाकार राणाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । सुपरहिट सिनेमा खलनायकका कथा तथा पटकथाकार मौनता श्रेष्ठले नै खलनायक २ को स्कृप्ट लेखिरहेका छन् ।

नेपालमा पछिल्लो समय सुपरहिट सिनेमाको सिक्वेल बन्ने क्रम निकै बढेको छ । यसरी सिक्वेल निर्माण गर्दा दर्शकलाई हलसम्म तान्न सजिलो हुने र पैसा पनि राम्रो कमाई हुने हुँदा निर्माता तथा निर्देशक हिट सिनेमाको सिक्वेल बनाउँन तर्फ अग्रसर रहेको बुझ्न सकिन्छ । एक दशक पहिले निर्माण भएको सुपरहिट सिनेमा ‘खल-नायक’मा महानायक राजेश हमाल, एक्सन स्टार निखिल उप्रेती, विराज भट्ट र अभिनेत्री झरना थापाको मुख्य भुमिका रहेको थियो ।

निर्माता राणाका अनुसार ‘खल-नायक २’ बिल्कुलै नयाँ कथामा निर्माण हुने भएकाले पुराना कलाकार दोहोरिने छैनन् । रणवीरका निर्देशक गोविन्द सिंह भण्डारीको निर्देशनमा निर्माण हुने सिनेमामा अहिलेका चल्तीका कलाकारको अभिनय रहने राणाको भनाई छ । तर, अहिलेसम्म कुनै पनि कलाकारलाई पक्का गरिएको छैन् । श्रावणबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाका लागी अहिले कलाकार छनोट कार्य चलिरहेको छ । सिनेमामा एन वि महर्जनको द्धन्द्व निर्देशन रहनेछ ।