‘दाल भात तरकारी’लाई मल्टिपेलेक्समा उच्च शो, गर्ला त बम्पर व्यापार ?

‘दाल भात तरकारी’लाई मल्टिपेलेक्समा उच्च शो, गर्ला त बम्पर व्यापार ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुबार अर्थात वैशाख २० गतेबाट प्रर्दशन हुने सिनेमा ‘दालभात तकारी’को मल्टिप्लेक्समा टिकट बुकिङ्ग खुल्ला गरिएको छ । सिनेमा बुकिङ खुलेसँगै हलले उपलब्ध गराएका अधिकांश शोजमा फिलिङ्ग फस्ट देखाएको छ । भने, केही शोजहरु शोल्ड आउट भैसकेका छन् । यसैले पनि सोलो रिलिजको अवसर पाएको यो कमेडी सिनेमाले राजधानीका क्युएफएक्स चेनका सिनेमा हलहरुमा पाएको २१ शोज्मा दर्शकको राम्रो साथ मिल्ने देखिन्छ ।

बहुप्रतिक्षित सिनेमा सोलो रिलिज हुदाँको फाइदा मल्टिपेलेक्स देखि सिंगल हलमा देखिएको छ । वैशाख १३ गते रिलिज भएको हलिउड सिनेमा ‘एभेन्जर्स इण्ड गेम’को दबदबा क्युएफएक्स लगायतका हलमा अझै देखिन्छ । शुक्रबार देखि क्युएफएक्स हलमामा ए मेरो हजुर ३, एभेन्जर्स इण्ड गेम र दालभात तरकारी रिलिज हुँदैछन् ।

मह सञ्चारको प्रतुतीमा किरण केसीले निर्माण गरेको सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् । मल्टिस्टारर सिनेमामा निरुतासँगै हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, किरण केसी, यमन श्रेष्ठ, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।

कमेडि जनरामा निर्माण भएको ‘दालभात तकारी’को ‘भिजिट भिषा’मा बोलको गीत अहिले दर्शक तथा श्रोतामाझ निकै हिट छ । यसको फाइदा सिनेमालाई हुने देखिन्छ । मल्टिपेलेक्को बुकिङ हेर्दा सिनेमाले शुक्रबार र शनिबार बम्पर व्यापार गर्ने देखिन्छ । तर, आइतबारबाट भने सिनेमाले दर्शकबाट पाउने माउथ पब्लीसिटीमा भर पर्नेछ । यो सिनेमाले दर्शकबाट शत्रुगतेले जस्तै लामो समय साथ पाउने सिनेमाकर्मीको अपेक्षा रहेको छ ।