फ्राईडे रिलिज : हलमा ‘दाल भात तरकारी’ सिंगल

फ्राईडे रिलिज : हलमा ‘दाल भात तरकारी’ सिंगल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट यो वर्षकै प्रतिक्षित सिनेमा ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । राम्रो प्रचार प्रसारका साथ रिलिज भएको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा सिनेमाकर्मी तथा निर्माण टिमलाई छ । भने, आजबाट सुपरस्टार अनमोल केसी र सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ३’ चौथो सातामा प्रवेश गरेको छ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा निर्माण भएको सिनेमाले बक्सअफिसमा बम्पर व्यापार गरेको थियो ।

यस्तै आजबाटै हलिउडको ठुलो सिनेमा ‘एभेञ्जर एण्ड गेम’को दबदबा दोस्रो हप्तामा पनि कायम छ । त्यसको प्रभाव पनि ‘दाल भात तरकारी’लाई पर्न सक्ने बुझाई सिनेमाकर्मीको छ । तथापी ‘दाल भात तरकारी’ले मल्रिुटपेलेक्सदेखि सिंगल हलसम्म राम्रो सोज् पाएको छ । त्यसैले पनि सिनेमाले शुक्रबार राम्रो ओपनिङ्ग गर्ने सिनेमा पण्डितहरुको भनाई छ । शुक्रबार र शनिबार राम्रो ब्यापार गरेतापनि आइतबारबाट भने दर्शक प्रतिक्रियाका आधारमा सिनेमाले बक्सअफिसमा लामो रेशको घोडा बन्ने बाटो तय हुनेछ ।

मह संचारको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । यो सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् । यो उको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् । ’भिजिट भिषामा’ र ’दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको सिनेमाले अमेरिका जानका लागि मरिहत्ते गर्ने एक परिवारको कथालाई उठान गरेको छ ।

सिनेमामा हरिवंश र निरुताले श्रीमान् श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुता सिंहले नेपाली सिनेमामा मुख्य भुमिकामा कमव्याक गरेकी छन् । ‘दाल भात तरकारी’मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्य लगायतको अभिनय छ । सिनेमाको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । सिनेमाको गीतमा प्रविन सिंह र कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले छायाँकन गरेका हुन् । दाल भात तरकारीमा रमिला आचार्य, नरेन्द्र कंसाकार, सुमित मैनाली, अनुराग कुँवर, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माताको रुपमा छन् ।