सविन र अनुको ‘काउसो’ रिलिज मिति फाइनल

सविन र अनुको ‘काउसो’ रिलिज मिति फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पुराना तथा पाका निर्देशक मदन घिमिरे निर्देशनमा निर्माण भएको सिनेमा ‘काउसो’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । बैशाख २० मा प्रदर्शन हुने भनिएको सिनेमाको नयाँ प्रदर्शन मिति जेठ १७ गतेलाई फाइनल गरिएको छ । बैशाख २० गतेको मितिमा महसञ्चारले निर्माण गरेको प्रतिक्षीत सिनेमा ’दाल भात तरकारी’ आउने भएपछि काउसोले आफ्नो रिलिज मिति केही हप्ता पछाडि सारिएको हो ।

https://youtu.be/c5Uwll6sxhQ

अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा बनेको सिनेमामा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्य लगायतका कलाकारहरुकोे अभिनय छ । अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा कमेडी जनरामा निर्माण भएको निर्देशक घिमिरेले बताएका छन् । अन्चिला केसी कार्यकारी निर्माता रहेको सिनेमा काउसोका निर्माता सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् ।निर्देशक घिमिरेको कथा रहेको सिनेमाको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । सिनेमामा विकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य रहेको छ । रामेश्वर हुमागाइँको छायांकन रहेको सिनेमालाई नविन निरौलाले सम्पादन गरेका हुन् । काउसोलाई उपत्यका भित्र वि.के फिल्मस् र उपत्यका बाहिरका लागि एफडी कम्पनीले वितरण गर्दैछ ।