‘डि सिने अवार्ड’मा सलिन र नम्रता उत्कृष्ट नायक-नायिका, दीपाश्री बनिन् उत्कृष्ट निर्देशक

‘डि सिने अवार्ड’मा सलिन र नम्रता उत्कृष्ट नायक-नायिका, दीपाश्री बनिन् उत्कृष्ट निर्देशक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार राजधानीमा आयोजित एक भव्य कार्यक्रमका विच ‘इएनआई डि सिने अवार्ड २०७६’ सम्पन्न भएको छ । एघारौं ’डि सिने अवार्ड २०७६’ मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट सिनेमा ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेको छ ।‘छक्का पञ्जा ३’ले उत्कृष्ट सिनेमा, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट लोक संगीत, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट निर्देशकको अवार्ड आफ्नो पोल्टामा पारेको हो । उत्कृष्ट निर्देशकको थाप्न निर्देशक दीपाश्री निरौला स्टेज चढेकी थिइन् ।यस्तै नयाँ वर्ष २०७६ को अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ’यात्रा’ ले पनि क्रिटिक्स अवार्डसहित ६ विधामा अवार्ड जितेको थियो । सिनेमाले उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट सह-अभिनेता, उत्कृष्ट अभिनेता, अवार्ड प्राप्त गरेको हो । डि सिने अवार्डमा ’यात्रा’ बाट सलिनमान बनियाले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा मंसिरमा प्रदर्शनमा आएको सिनेमा ’प्रसाद’ बाट नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।उक्त अवार्ड कार्यक्रममा बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दना र निर्देशक शोभित बस्नेतलाई छायाँछवि सिनेमाकर्मी रजत सम्मान प्रदान गर्नुका साथै पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो ।

अवार्ड विजेताहरुको पूर्ण सूची :-

१. उत्कृष्ट पाश्र्वसंगीत
जैशन कुँवर र प्रवेश मल्लिक – भोर
२. उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह  – डमरुको डण्डीवियो
३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ – फूल होइन (रोज)
४. उत्कृष्ट गायिका
विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
५. उत्कृष्ट गायक
डेविड शंकर  – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा  – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
७. उत्कृष्ट संगीतकार
एलिस कार्की – फूल होइन माया (रोज)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – तिम्रो लागि (राम काहानी)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के.सी. – यात्रा : अ म्यूजिकल भ्लग
११. उत्कृष्ट  बालकलाकार
एञ्जल राई – हैरान
१२. उत्कृष्ट  हाँस्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा –३
१३. उत्कृष्ट  खलपात्र
माओत्से गुरुङ्ग – चङ्गा चेट
१४. उत्कृष्ट  कथा
दिपेन्द्र लामा – गोपी
१५. उत्कृष्ट  पटकथा
यात्रा : अ म्यूजिकल भ्लग – सम्राट शाक्य
१६. उत्कृष्ट  संवाद
शुशिल पौड्याल – प्रसाद
१७. नव-नायिका
सुहाना थापा – ए मेरो हजुर –३
१८. उत्कृष्ट नव-नायक
घिरज मगर – इन्टु मिन्टु लण्डनमा
१९. उत्कृष्ट नव-निर्देशक
सम्राट शाक्य – यात्रा : अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र-अभिनेत्री
लक्ष्मी गिरी – छक्का पञ्जा –३
२१. उत्कृष्ट चरित्र-अभिनेता
सरोज खनाल – क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा – समर लभ
२३. उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत – यात्रा : अ म्यूजिकल भ्लग
२४. उत्कृष्ट छायाँकार
सञ्जय लामा – ए मेरो हजुर –३
२५. उत्कृष्ट सम्पादक
विपिन मल्ल – छक्का पञ्जा –३
२६. उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
२७. उत्कृष्ट अभिनेता
सलिनमान बनिया – यात्रा : अ म्यूजिकल भ्लग
२८. उत्कृष्ट निर्देशक
दिपाश्री निरौला – छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ – सुहाना इन्टरटेनमेन्ट
३०. उत्कृष्ट चलचित्र
छक्का पञ्जा –३ – आमा सरस्वती मुभिज
क्रिटिक्स अवार्ड : यात्रा
जुरी अवार्ड : डमरुको डण्डीवियो
इनकरेजमेन्ट अवार्ड : सुकुलगुण्डा