‘दाल भात तरकारी’को सुखद सुरुवात, शनिबारको व्यापार आक्रामक

‘दाल भात तरकारी’को सुखद सुरुवात, शनिबारको व्यापार आक्रामक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘दाल भात तरकारी’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । महसंचार जस्तो ठुलो व्यानरबाट निर्मित सिनेमाले शुक्रबार सोचेजस्तो व्यापार नगरेपनि शनिबारको व्यापार उत्साहजनक भयो ।

रिलिज पुर्व सिनेमाको हाइप राम्रै थियो । तर, दर्शकबाट पाएको मिश्रीत प्रतिक्रियाले गर्दा रेकर्डमय व्यापार गर्न चुकेको छ । त्यैपनि दुई दिनको व्यापार नराम्रो भने होइन । सुदन केसी निर्देशित सिनेमाले शनिबार देशभरका पर्दामा उच्च दर्शक चाप देखायो । सिंगलदेखि मल्टीप्लेक्ससम्म शनिबारको अकुपेन्सी ९०-१०० प्रतिशतसम्म रह्यो ।

मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नीरुता सिंह, पुष्प खड्का, आँचल शर्मा र वर्षा राउतको मुख्य भूमिका रहेको सिनेमाले एक परिवारको अमेरिका मोहलाई वर्णन गर्छ । समिक्षक रिझाउन नसकेको सिनेमालाई प्राय: दर्शकले उत्कृष्ट भनिरहेका छन् ।

सिनेमामा हरिवंश र निरुताले श्रीमान् श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुता सिंहले नेपाली सिनेमामा मुख्य भुमिकामा कमव्याक गरेकी छन् । ‘दाल भात तरकारी’मा राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्य लगायतको अभिनय छ । 

सिनेमाको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । सिनेमाको गीतमा प्रविन सिंह र कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले छायाँकन गरेका हुन् । दाल भात तरकारीमा रमिला आचार्य, नरेन्द्र कंसाकार, सुमित मैनाली, अनुराग कुँवर, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माताको रुपमा छन् ।