पोखरा र चितवनमा आयोजित कन्सर्टमा ‘विर विक्रम २’को यस्तो क्रेज

पोखरा र चितवनमा आयोजित कन्सर्टमा ‘विर विक्रम २’को यस्तो क्रेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन स्टारर सिनेमा ‘विर विक्रम २’ निर्माण टिम देश दौडाहमा छ । आगामी जेठ ३ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘विर विक्रम २’को निर्माण टिमले शुक्रबार पोखरा र शनिबार चितवनमा कन्सर्ट सम्पन्न गरेको छ । पोखरा र चितवनमा कन्सर्ट सकेर आइतबार सिनेमाको निर्माण आइतबार काठमाण्डौ फर्किएको छ । पोखरा र चितवनमा आयोजित कन्सर्टमा सिनेमाका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बुको सहभागीता रहेको थियो ।

पोखरा र चितवनमा आयोजित कन्सर्टमा सिनेमाका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतमा नृत्य गरेका थिए । मोफसलका दुई सहरमा निमार्ण टिमले कन्सर्ट का साथै पत्रकार भेटघाट कार्यक्रको समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै ‘विर विक्रम २’का निर्देशक मिलन चाम्सले नेपाली सिनेमाको गुणस्तर बढ्दै जादा हलमा दर्शकको उपस्थिती समेत बढेको सुनाए । मिलनले पोखरा र चितवनका दर्शकले नेपाली सिनेमालाई अत्याधिक माया दिएको भन्दै सम्पुर्ण नेपाली सिनेमा प्रेमी दर्शकलाई धन्यवाद दिए ।

अभिनेत्री वर्षा सिवाकोटीले राम्रो सिनेमा निर्माण गरेको खण्डमा जहिले नेपाली सिनेमालाई दर्शकले सधैँ साथ दिने भन्दै ‘विर विक्रम २’लाई पनि सम्पुर्ण दर्शकले एक पटक र मन परेको खण्डमा पटक पटक हेरेर साथ दिन आग्रह गरिन् । यस्तै अभिनेताद्धय पल शाह र नाजिर हुसेनले ‘विर विक्रम २’ सम्पुर्ण दर्शकले हेर्नै पर्ने उत्कृष्ट सिनेमा बनेको बताए । यस्तै यो सिनेमाबाट आफहरुले निकै आशा राखेको भन्दै सम्पुर्ण पोखरेली तथा चितवने दर्शकबाट उक्त आश पुरा गर्न सवैको साथ तथा सहयोग मिल्ने अपेक्षा व्यक्त गरेका छन् ।