anmol jasita

‘को बन्छ करोड पति’मा ‘जात्रै जात्रा’को प्रचार

‘को बन्छ करोड पति’मा ‘जात्रै जात्रा’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘जात्रा’ र ‘शत्रुगते’ फेम्ड निर्देशक जात्रै जात्र आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । अहिले ‘जात्रै जात्रा’ निर्माण टिम प्रचार प्रसारमा जोड तोडका साथ लागी रहेको छ । यसैको निरन्तरता स्वरुप केहीदिन पहिले ‘जात्रै जात्रा’ निर्माण टिम कलाकार सहित माहानायक राजेश हमालले सञ्चालन गरिरहेको रियालिटी शो ‘को बन्छ करोड पति’मा पुगेको थियो । पछिल्लो समय यो रियालिटी शो समाजसेवा र नेपाली सिनेमा प्रचारको लागी निर्माण टिमको आकर्षण बन्दै गइरहेको छ ।

प्रदर्शनको क्रममा रहेका सिनेमाका कलाकारहरुले ‘को बन्छ करोड पति’मा गेम खेल्ने अनि जितेको रकम सामाजिक कार्यका लागि हस्तान्तरण गर्ने क्रम बाक्लिन थालेको छ । यसै क्रममा सिनेमा ‘जात्रै जात्रा’ का कलाकारहरुले ‘को बन्छ करोड पति’मा गेम खेलेका छन् । सिनेमाको जम्बो टिम सहित ‘को बन्छ करोड पति’ पुगेको भएपनि अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीले मात्रै हट सिटमा बसेर गेम खेलेका थिए ।

एपी वानमा प्रशारण हुने चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’मा उनीहरुले कति रकम जिते भन्ने खुलाइएको छैन यद्यपी उक्त शोमा जितेको सम्पुर्ण रकम स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्ने घोषणा जात्रै जात्रा निर्माण टिमले गरिसकेको छ । फाउन्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको माझी बस्तीका लागि उक्त रकम हस्तान्तरण हुने निर्माता रविन्द्र सिंह बानियाले बताए ।

चलचित्रमा दयाहाङ राई र विपिन कार्कीका अलवा रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेललगायतका कलाकारको मुख्य भूमिका छ । रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको सिनेमामा यज्ञश्वर पौडेल र सिंगे लामा निर्माताको रुपमा रहेका छन् । सिनेमामा शंकर महर्जनको द्वन्द्व, निर्देशक भट्टराईकै कथा, पटकथा तथा संवाद, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत रहेको छ । ‘जात्रै जात्रा’ दुई वर्ष अघि प्रदर्शनमा आएको सुपरहिट सिनेमा जात्राको सिक्वेल हो ।