नरेन र तुलसाको मुख्य भुमिकामा ‘भूईफूल’ बन्ने

नरेन र तुलसाको मुख्य भुमिकामा ‘भूईफूल’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुमेथान फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा ‘भूइफूल’ नामक सिनेमा निर्माण हुने भएको छ । आइतबार राजधानीमा अवस्थित हेल्लो क्याफे बागबजारमा आयोजित एक कार्यक्रमका विच सिनेमा ‘भूइफूल’को शुभमुर्हत गरिएको हो ।

सिनेमा क्षेत्रकी सदाबहार अभिनेत्री करिष्मा मान्नधरले एक्सन कट भनेको मुर्हूत कार्यक्रममा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप हानेका थिए, भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए । कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले सिनेमा भित्र रहने एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिएका थिए ।

नेत्र छन्त्यालको लेखन निर्देशनमा बन्न लागेको सिनेमाको प्रस्तुतकर्ता सरिता राई हुन् । सिनेमामा उर्मिला वान्तवा राईको लगानी रहने छ । नरेन खड्का, चन्दा राई, पुर्णिमा लामा लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहनेछ । द्धन्द्ध कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदाय मध्य दलित समुदायमा हुने उतारचढाप तथा राज्यले गरेको बिभेदको बिषय फिल्मले कथामा उठाउन खोजेको छ ।

वैशाख २५ बाट छायाँकन सुरु हुने सिनेमा धरान, झापा र काठमाडौमा छायाँकन हुनेछ । सिनेमामा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहने सिनेमाका कास्टिङ निर्देशक अमृत मान महर्जन रहेका छन् ।

थुप्रै सिनेमामा सहयोगी निर्देशकको रुपमा काम गरेका नेत्र छन्त्यालले यसै सिनेमाबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । दर्शक तथा समिक्षकको रुचि ध्यानमा राखेर आफुले सिनेमा निर्माण गर्न लागेको निर्देशक सन्त्यालले बताए ।