प्रेमका लागी गीत खोज्दै निर्माता सन्तोष सेन ?

प्रेमका लागी गीत खोज्दै निर्माता सन्तोष सेन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही दिन पहिले ‘प्रेमगीत ३’को थिम पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको सिनेमा निर्माण टिमले मुख्य अभिनेत्री गीतको खोजी गरिरहेको जानाएको छ । सिनेमा निर्माण कम्पनी आशुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले सिनेमाको मुख्य भुमिका ’गीत’ का लागि अडिसन दिन सक्ने उल्लेख गरेको छ । सिनेमाको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ ।

छेतन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर सिनेमा प्रेमगीत ३ को निर्देशन गर्दैछन् । निर्माता सेनले यो सफल सिरिजबाट नेपाली सिनेमा क्षेत्रमा नयाँ अनुहारले डेव्यु गराउँदै छ । सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ’आउँदो जेठ १० गतेसम्ममा www.aasusenfilms.comमा गएर फारम भर्न सकिने वा [email protected] मा सम्पर्क गर्न सकिने छ । सिनेमाको मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तश्बिर सहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । भने, उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ ।’

आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ । यस सिनेमाको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । सिनेमालाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । झण्डै एक वर्षदेखि सिनेमाको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा पूरा हुने निर्माता सेनले जारी विज्ञप्तीमा बताएका छन् ।