‘एभेन्जर्स : इन्डगेम’ले गर्यो ‘टाइटानिक’को रेकर्ड ब्रेक

‘एभेन्जर्स : इन्डगेम’ले गर्यो ‘टाइटानिक’को रेकर्ड ब्रेक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड सिनेमा ‘एभेन्जर्स: इन्ड गेम’ले विश्वव्यापी कमाईको आधारमा ‘टाइटानिक’को रेकर्ड ब्रेक गरेको छ । नर्थ अमेरिका रिलिजको दोस्रो विकेन्डमै फिल्मले २१ वर्ष अगाडी ‘टाइटानिक’ले बटुलेको ग्रस कलेक्सनलाई उछिन्न सफल भएको हो । अब ‘एभेन्जर्स: इन्ड गेम’ विश्वकै सर्वाधिक ग्रस कमाउने दोस्रो सिनेमा बनेको छ । दोस्रो विकेन्डसम्म सिनेमाले २,१८८ मिलियन अमेरिकी डलरको व्यापार गरिसकेको छ ।

जेम्स क्यामरून निर्देशित सिनेमा ‘टाइटानिक’ले २१ वर्ष अगाडी २,१८७ मिलियन अमेरिकी डलर कमाएको थियो । जसको रेकर्ड १२ वर्ष पश्चात सिनेमा ‘अवतार’ले तोडेको थियो । जेम्सकै सिनेमा ‘अवतार’ २,७८८ मिलियर डलरका साथ विश्वकै सर्वाधिक कमाई गर्ने सिनेमाको सुचीमा पहिलो नम्बरमा छ ।

जोय रुसो र एन्थोनी रुसो निर्देशित सिनेमा ‘एभेन्जर्स’को लागि अब एउटा रेकर्ड अगाडी छ । ‘अवतार’को रेकर्ड तोड्न सके ‘एभेन्जर्स’ सिरिजको अन्तिम भाग विश्वकै सर्वाधिक कमाउने सिनेमा बन्नेछ । जसको लागि अब जम्मा ६०० मिलियन बढी व्यापारको आवश्यकता छ ।

घरेलु बक्सअफिसको लागि भने ‘स्टार वार्स: द फोर्स अवेकन्स’को रेकर्ड अगाडी छ । ९३६ मिलियन कमाएको ‘स्टार वार्स’ अमेरिकामा सर्वाधिक कमाउने सिनेमा हो । दोस्रो विकेन्डमै ६१९ मिलियन डलर कमाई गरिसकेको ‘एभेन्जर्स’को लागि यो रेकर्ड पनि नजिक देखिएको छ ।

‘अवतार’ले विदेशी मार्केटबाट मात्रै २,०२७ मिलियन आर्जन गरेको थियो । भने, ‘एभेन्जर्स’को कमाई १,५६९ मिलियन पुगिसकेको छ ।