दयाहाङ र दीयाको ‘दयारानी’ रिलिज डेट पोस्टपोण्ड

दयाहाङ र दीयाको ‘दयारानी’ रिलिज डेट पोस्टपोण्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई र दिया पुन स्टारर सिनेमा ‘दयारानी’को नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पोस्टपोण्ड गरिएको छ । यसअघि जेष्ठ १० गतेबाट प्रदर्शन हुने भनिएको सिनेमा अब साउन ३० बाट नेपालभरका सिनेमा घरमा रिलिज हुने भएको छ । ‘दयारानी’को प्रदर्शन मिति पोस्टपोण्ड हुनको मुख्य कारण ‘जात्रै जात्रा’ रहेको निर्माण टिमले जनाएको छ । एक हप्ताको अन्तरमा दयाहाङको मुख्य भुमिका रहेको दुई सिनेमा प्रदनर्शन हुने भए पश्चात ‘दयारानी’को प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक माओत्से गुरुङले बताए ।

सिनेमाले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमाको कथा निर्देशक स्वयम्ले लेखेका छन् । सिनेमामा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमालाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । निर्देशक माओत्से गुरुङले नेपाली समाजको एउटा पात्रको कथालाई सुक्ष्म रुपमा उठान गरेको बताए । दर्शकले सिनेमा मन पराएको खण्डमा आफू सफल भएको ठान्ने उनले पोष्टर रिलिज कार्यक्रममा बताएका थिए ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण सिनेमाको नाम ’दयारानी’ नराखिएको निर्देशक गुरुङको भनाई छ । माओत्से भन्छन्, ’गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । सिनेमामा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।’