दिपेन्द्रको निर्देशनमा सुर्यमाला आमा र सुरक्षा छोरी बन्दै !

दिपेन्द्रको निर्देशनमा सुर्यमाला आमा र सुरक्षा छोरी बन्दै !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिपेन्द्र के खनालले नयाँ सिनेमा ‘आमा’को निर्माण घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सिनेमा निर्माण घोषणा गरिएको हो । नेपालमा बनेको पहिलो नेपाली सिनेमा ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक सिनेमा निर्माण हुने भएको छ । ‘आमा’ नाममा हीरासिंह खत्रीले वि.सं. २०२० मा सिनेमा निर्माण गरेका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा सिनेमा निर्माण गरे ।

अब तेस्रो पटक दीपेन्द्र के. खनालले ‘आमा’ नाममा सिनेमा निर्माण गर्न लागेका हुन् । सिनेमाको छायांकन निर्देशक खनाल आफैंले गर्दैछन् । कथा, पटकथा तथा संवाद निर्देशक स्वयंमले लेखेका हुन् । यसअघि दिपेन्दले ’धनपति’ पनि आफैंले छायाँकन गरेका थिए । ‘आमा’ ले एक आमा र छोरीको सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । सिनेमालाई डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।

काठमाडौं र रामेछापमा छायांकन हुने सिनेमाको सह-निर्माता सन्तोष अधिकारी हुन् । सिनेमामा आमाको क्यारेक्टरमा सुर्यमाला खनालले निवार्ह गर्नेछिन् । ‘आमा’ मा छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तले निवार्ह गर्ने भएकी छन् । भुपेन्द्र खड्काले सिनेमामा गीत लेखेका छन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहने छ ।

सिनेमाको छायाँकन असार दोस्रो साताबाट सुरु हुँदैछ । सिनेमाको निर्माण घोषणासँगै आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति समेत तय गरिएको छ । निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने सिनेमा निर्माण गर्ने प्रतिवद्धता घोषणा कार्यक्रममा व्यक्त गरे । निर्देशक खनालका अनुसार आमा यसअघि बनेका सिनेमा भन्दा फरक कथामा निर्माण गर्न लागेको खुलाए ।