वैवाहिक बन्धनमा बाधिए निर्देशक दीवाकर र अभिनेत्री दीपिका

वैवाहिक बन्धनमा बाधिए निर्देशक दीवाकर र अभिनेत्री दीपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री दीपिका प्रसाई र निर्देशक दीवाकर भट्टराई विवाह बन्धनमा बाँधिएका छन् । सिन्धुलीबाट जन्ती लिएर धनगढी पुगेका निर्देशक भट्टराईले मंगलबार बैशाख २४ गते आज दीपिकाको सिउँदोमा सिन्दुर भरेका हुन् । एश्वर्यको सेटबाट एक अर्काको प्रेममा परेमा दीपिका र दीवाकरले केही समय पहिले कोर्ट म्यारिज गरेका थिए । भने गएको वर्ष दशैंमा इन्गेजमेन्ट गरेका थिए ।निर्देशक दीवाकर भट्टराईले ‘मेरो जिवन साथी’, ‘स्टुपिड मन’, ‘एश्वर्य’,’क्याप्टेन’ लगायतका सिनेमाको निर्देशक गरिसकेका छन् । अब्बल लभस्टोरी सिनेमा निर्माण गर्नमा माहिर मानिने निर्देशक भट्टराई अहिले दीपिकालाई लिएर नयाँ सिनेमा निर्माण तयारीमा जुटेका छन् ।यस्तै ‘एश्वर्य’बाट नेपाली सिनेमा क्षेत्रीमा सफल डेव्यु गरेकी दीपिकाले गतवर्ष सर्वाधिक सफल सिनेमा ‘छक्का पञ्जा ३’मा अभिनय गरेकी थिइन् । भने, दीपिका अहिले निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण भैरहेको छायाँकनरत सिनेमा ‘हेल्लो जिन्दगी’मा काम गरिरहेकी छन् । आजबाट वैवाहिक जिवनमा बाँधिएको यो जोडी द सिनेमा टाइम्स परिवारको तर्फ वैवाहिक जिवनको शुभकामना !!!!